मध्ये रातमा अचानक - ध्रुव थापा's image
712K

मध्ये रातमा अचानक - ध्रुव थापा

एउटा भुस्याहा कुकुर बिच बाटोमा

थर थर कामिरहेछ पुसको जाडोमा

कसैले सहारा दिँदैन निर्दयी यस सहरमा

एक्लै कुइँकुइँ कराउँछ मध्यरातमा

त्यहि मध्ये रातमा अचानक

भुस्या कुकुरका छाउराहरु कराउन थाल्छ

खोक्रो आमाको स्तनमा मुख गाड्छ

एक थोपा दुध न आउदा सबै डाको छाड्छ

त्यही मध्ये रातमा अचानक

एउटा लावारिस बालक

अगुल्टो बोकेर कराउन थाल्छ

चोक बजारको अन्धकारलाई चिर्दै

आफूभित्रका सम्पूर्ण कुण्ठलाई चिर्दै

गरिबि र बेसहाराहुनुको बाध्यतालाई चिर्दै

त्यहि मध्यरातमा

Read More! Earn More! Learn More!