सपनाहरुको रङ - भूपिन ब्याकुल's image
599K

सपनाहरुको रङ - भूपिन ब्याकुल

मेरो देशका प्रिय सपनाहरु

भेटिन्नन यो देशका साँघुरा सीमानाहरूभित्र

उनीहरुको यात्रा

बिदेशमा जीवनको खोजीबाट सुरु हुन्छ

र आत्महत्याको योजनामा पुगेर टुंगिन्छ !

सपनाको छातीभित्र

हरदम बजिरहन्छ एउटा अन्तरास्ट्रिय धून

जहाँ हुँदैन कुनै राष्ट्रिय ढुकढुकी

आँखाभित्र

निरन्तर नाचिरहन्छ एउटा बिदेशी उज्यालो

जसले देखाउन सक्दैन अँध्यारोमा बाटो

राखेर एउटा पाइला देशको सीमानामाथि

अर्को खुट्टाले नापिरहन्छ बिदेशी आकाश

ऊ अब आशाको झ्यालबाट<

Read More! Earn More! Learn More!