शब्दका सुरुङ्गहरु - भूपिन ब्याकुल's image
597K

शब्दका सुरुङ्गहरु - भूपिन ब्याकुल

जब जीवनले घातक हमला गर्छ

म शब्दका सुरुङ्गहरुभित्र छिर्छु

खामिन्छु शब्दका आवरणहरुभित्र

कुनै बेवारिसे चिठ्ठीझैं

ठेगानावीहीन

खसाल्छु मनलाई शब्दहरुको हुलाकघरमा

पुग्नेहो कुन ठेगानामा

थाह लाग्दैन

भिज्दैभिज्दै बुढो हुलाकीको पुरानो झोलाभित्र

कुन घरको ढक्ढकाउने हो ढोका

थाह लाग्दैन

तर हराउँछु शब्दका जुनेली साँझहरुमा

र सुरक्षित महसुस गर्छु

मौन छन् जीवनका धूनहरु

Read More! Earn More! Learn More!