प्रिय आँखाहरु - भूपिन ब्याकुल's image
302K

प्रिय आँखाहरु - भूपिन ब्याकुल

प्रतिक्षामा रातभरी अनिँदो रहेपछि

मैले थाह पाएँ

कति प्रिय छन् आँखाहरु सपनाको उपस्थितिमा !

मलाई मानिसका आँखाहरु मन पर्न थालेका छन्

आँखाभित्रको गहिराइमा

छद्म सपनाको अराजक नृत्यहरु मन पर्न थालेको छन्

तहतह थुप्रिएका

जीवनका प्रोफाइलहरु

रहरैरहरका अमूर्त आकर्बिम्बहरु

जिजीविषाका बिद्रोही गीतहरु

र मृत्युका मुलायम ध्वनिहरु मन पर्न थालेको छन् !

सपनाहरु त

सबैभन्दा छोटा उत्सवहरु हुन् जीवनका

अरुलाई गलत लाग्नुसँग

यिनीहरुको कुनै साइनो छैन

जस्तो कि मेरी प्रेयसी

म मेरै ओछ्यानबाट बिलुप्त भएर रातहरुमा

तिम्रो कोठामा पुग्छु

कुनै जादुई कथाको राजकुमारझैं

जहाँ तिमी लोग्नेको प्रेमपूर्ण विलय खोजिरहेकी हुन्छौ !

सपनाहरुको मलामी

Read More! Earn More! Learn More!