पाठकको हत्या - भूपिन ब्याकुल's image
562K

पाठकको हत्या - भूपिन ब्याकुल

यस युगको महान् कवि

पाठकको हत्या गर्छ

तर कुनै शोकगीत गाउँदैन

शब्दको मन्दिरमा

बिम्ब र प्रतीकहरुको पुरानो गजुर चढाउँछ

झुठा मिथहरुको टुँडाल सजाउँछ

थुनिराख्छ कवि

निकाल्नै चाहन्नँ मन्दिरबाहिर

शब्दका नयाँ इश्वरहरुलाई !

आत्मप्रलापका लागि

कबिताभर स्खलित गर्छ

शब्दका कामुकताहरु

सुन्दरी वेश्यालाई झैं कवि

भोग्छ शब्दहरुको सौन्दर्यलाई !

कवि

अक्षरका आत्महरुको चीरहरण गर्छ

अक्षरहरुलाई नाङ्गै पार्छ

र कुण्ठाको सपाट सडकमा हिडाउँछ !

‘एडिक्ट’ छ कबिताको

कविताका नसाहरूमा सिरिन्ज हान्छ

कविताका कलिला हातहरुमा

अँध्यारो सूर्य थमाउँछ

दुर्व्यसनी आँखाहरुमा

रक्सीले मातेको पृथ्वी बोकेर<

Read More! Earn More! Learn More!