नदीहरु मान्छे जस्ता हुँदैनन् - भूपिन ब्याकुल's image
613K

नदीहरु मान्छे जस्ता हुँदैनन् - भूपिन ब्याकुल

नदीहरु

मान्छेलेझैं राजनीति गर्दैनन

नदीहरु

मान्छेले झैं कुटनीति जान्दैनन

निर्जिब सञ्चेतनाक पर्खालहरु भत्काएर

कुरूप हातहरु उचाल्दै नदीहरु

हिलो छ्यापाछ्याप गर्दैनन

पानी बाराबार गर्दैनन

नदीहरु रंग-बिभाजन गर्दैनन

नदीहरु

जात-बिभाजन गर्दैनन

नदीहरुको संबिधानमा

सानो मुललाई पनि

सागर बन्ने उत्तिकै अधिकार हुन्छा

सानो खोलालाई पनि

सागर बन्ने उत्तिकै अधिकार हुन्छा

बिनाकुनै प्रतिबन्ध

पहाड चढ्न सक्छन नदीहरु

पहाड फाँड्न सक्छन नदीहरु

नदीहरु

मनलागे सुक्न जान्दछन

मनलागे फुक्न जान्दछन

Read More! Earn More! Learn More!