लोकतन्त्रलाई प्रश्न - भूपिन ब्याकुल's image
294K

लोकतन्त्रलाई प्रश्न - भूपिन ब्याकुल

नानीमा आशा टाँसिएका आँखाहरु छन्

परेलीमा निराशा टाँगिएका आँखाहरु छन्

लोकतन्त्र

तिमीसंग ती आँखाहरुलाई दिन

कुन-कुन नयाँ दृश्यहरु छन् ?

तिमीलाई उज्यालो इन्द्रेणी बनाउन

उनीहरुले आङको घाम दिएका छन्

उनीहरुले पसिनाको रङ

र जीवनको निजी गन्ध दिएका छन्

कतिपय

फुकेका खाली हातहरु छन्

कतिपय

बन्द मुठीहरु छन्

लोकतन्त्र

तिमीसंग ती हातहरुमा थमाउन

कुनकुन नयाँ जून घामहरु छन् ?

स्कुलको पुरानो ऐनामा

जीवनको नयाँ बिम्ब हेर्न लालयित

केटाकेटीहरुलाई

जीवनको क्रुरताबाट झिकेर

कसरी पुर्याउँछौ स्कुल ?

के राखिदिन्छौ ?

स्कुल हिंडिरहेका नानीहरुको झोलामा

किताब कि बन्द

Read More! Earn More! Learn More!