
फ्रेस हाउसमा काटिनका लागि
पालो पर्खेर बसिरहेका कुखुराहरु देखेपछि
म सम्झन्छु – कहीं हिंडिरहेका बसका यात्रीहरु !
बसले उडाउदै गएको धुलोको गुम्बज पछिपछि
टायर गुडाउदै हिंडिरहेको त्यो बालक
भग्नावशेष पुलमुनी पुगेर
किन रोकिन्छ ब्रेक लागेको बसझैं घच्याक्क
म सिर्फ सम्झन्छु – कहीं हिंडिरहेका बसका यात्रीहरु !
कवि लालबहादुर परियारले
खोलाको बगरमा
कसरि कटाए त्यो दिन रुँदैरुँदै
पटपटी फुटिरहेका टाउकाहरुबीच बसेर
कसरी गाडिन् मेघिया थरुनीले
मरेका बच्चाहरुलाई
जीवनमा सबैभन्दा बढी निर्मम भएर
रोकिन चाहेर पनि
कसरि बगिरह्यो बाँदरमुडे खोला दुख्दैदुख्
Read More! Earn More! Learn More!