मा पक्रन खोज्छु जीवनलाई

कुनै सिकारु फोटोग्राफरले

क्यामरामा पक्रन चाहेझैं चट्याङको कला

आकाशमाकालो बादल लागिरहेछ

छिनछिनमा आइरहन्छ डरलाग्दो आवाज

र छिनछिनमा परिरहन्छ चट्याङ

कुनै पेसेवर सर्जनले झैं

चट्याङले गरिरहन्छ

बिरामी आकाशको सफल अप्रेसन

म निको पार्न चाहन्छु

छातीको घाउ !

बर्षौदेखि उभिइरहेको छु

आकाशतिर फर्किएर

र चोरऔंला तैयार राखेर बटनमाथि

जब संकेत पाएर चट्याङको

थिच्छु मा क्यामराको बटन

चट्याङले बनाएको सुन्दर चित्र

आकाशमा मेटिइसेकको हुन्छ !

हरपल

म पक्रन खोज्छु जीवनको गति !