एउटा प्रतिक्षाको विपक्षमा - भूपिन ब्याकुल's image
334K

एउटा प्रतिक्षाको विपक्षमा - भूपिन ब्याकुल

बरु मलाई

एक लर्कन गलत बाटो हिँडीराख

र पर्खिराख त्यो पुरानो चौतारीमा भन

बरु मलाई

यात्रामा चाहिने जुत्ता सिलाइराख भन

अनुहारमा सौन्दर्यहरु मुजा परेको कविताहरु लेखिराख भन

तर बिन्ती तिम्रो प्रतिक्षामा

बुलेट ट्रेनझैं समय उडिरहेको हेर्दै

प्लेटफर्मको भीडमा हराइरहेको कुनै समयझैं

चुपचाप प्रतिक्षामा बस नभन

चिसोले काँपिरहेको फिरन्ता पृथ्वीले

टक्क अडिएर

कहाँ गर्छ र प्रतीक्षा घामको ?

बगिरहने नदीले रोकिएर कहीँ

कहाँ गर्छ र प्रतीक्षा छालहरुको ?

हिँड्दाहिँड्दै थाकेर जून निदाउँछ

र उज्यालो ब्युँझिएर आकाशको दैलो लिप्छ

हिँड्दाहिँड्दै बाटोले बटुवाका पाइलाहरि भेट्छ

चराहरु उड्दाउड्दै प्रेमका गीतहरु बन्छन्

मलाई पनि जीवनका सीमानाहरुभित्र

उउडिरहनु छ / हिँडिरहनु छ / बगिरहनु छ

र तिम्

Read More! Earn More! Learn More!