एउटा लोरी-गीत छोराको लागि - भूपिन ब्याकुल's image
302K

एउटा लोरी-गीत छोराको लागि - भूपिन ब्याकुल

भोलि बिहानै तिमीलाई भेट्न आइपुग्नेछ

अहिले त पश्चिमलाई उज्यालो पार्न

त्यतैतिर पुगेको छ घाम

सुत छोरा सुत

भोलि बिहानै घामले तिम्रो ढोका ढक्ढकाउनेछ

भन्नेहरु त भन्छन्

डुब्नको लागि मात्र पश्चिम पुग्छ घाम

थाकेर मस्त सुत्नको लागि

पश्चिमको डाँडोबाट तल ओर्लन्छ घाम

तर छोरा

घाम डुब्नुमा घामको दोष कहाँ हुन्छ र ?

घाम डुब्छ

खसिरहेको उज्यालोलाई बचाएर धर्तीलाई बाँड्न

आकाशको खालि पानाभरी

उज्यालोको नि:शब्द कथा लेख्न

हो छोरा, घाम डुबेको छ

र अँध्यारो चराझैं पखेटा खोलेर उडेको छ

घाम डुबेको छ

र हुस्सुको बाढी बग्न थालेको छ

घाम डुबेको छ

र आन्ध्यारोका प्रेमीहरु भजन गाइरहेछन

चुलाहरु बिहानसम्मका लागि निभेका छन्

आँगनहरु भालेको डाँक पर्खेर बसिरहेका छन्

अब छतमा रातभरी कुनै चराल

Read More! Earn More! Learn More!