छालहरु - भूपिन ब्याकुल's image
305K

छालहरु - भूपिन ब्याकुल

छालहरु

नदि बगिरेहेका संकेतहरू हुन्

नदि बग्छ

र छालहरु निस्कन्छ

छालहरु

नदीले गाएका मौन गीतहरु हुन्

नदीले भरेका प्रिय संगीतहरु हुन्

अक्षरहरु हुन् छालहरु

नदीले उत्कर्षमा रचेका

जो बुझ्दैनन नदीले लेखेका शब्दहरु

जो सुन्दैनन नदीले गाएका धूनहर

मलाई शंका छैन

ती मेरो देशका शासकहरु हुन्

छालहरु हुलाकीहरु हुन

खबर पर्खेर बसिरहेका आफन्तहरुलाई

बगिरहने नदीको कथा सुनाउँछन्

छालहरु बेनामे चिठ्ठीहरु हुन्

नदीको अतल गहिराइबाट झिकेर

खामबन्दि गरिरहन्छन

Read More! Earn More! Learn More!