![अन्तिम कविता - भूपिन ब्याकुल's image](/images/post_og.png)
हिजो केहि रुढ कविहरु थिए
जो भन्थे
कविताको लागिमात्र भएपनि
अलिकति अंध्यारो चाहिन्छ !
केहि चिन्तकहरु थिए
जो सोच्थे
सत्यलाई पुष्टि गर्न
अलिकति अँध्यारो जोगाउनुपर्छ
हे ईश्वर
मा जताजतै उज्यालै उज्यालो देखिरहेछु
अचनाक कसरि मेटिएर गयो अँध्यारो दुनिया ?
सोचिरहेछु
अँध्यारो, जो थियो आज बिहानसम्म
त्यसलाई बगाएर लागेको छ उज्यालोको नदीले
उदासी, जो थियो उभिएको हृदयसम्म
बिद्रुपता, जो थियो टाँगिएको आँखासम्म
पगालेर गएको छ उज्यालोको तापले
छैन, अब कुनै अँध्यारो बाँकी छैन
केटाकेटीहरुको झोलाभित्र
छैन, अब कुनै कुरुपता बाँकी छैन
छातीको सुरुंगभित्र !
गाउँलेहरुको पेटभित्र
भोकको कुनै अँध्यारो छैन
स्कुलहरुमा /
Read More! Earn More! Learn More!